भारतको कोचीमा ८ अर्ब १९ करोड भारु लगानीको ‘वाटर मेट्रो’ सञ्चालनमा

0
Shares

भारतको केरालाको कोची सहरमा पहिलो पटक पानी रेल (वाटर मेट्रो) सञ्चालनमा आएको छ ।

मेड इन इन्डिया परियोजना अन्तर्गत भारतमै निर्माण भई सञ्चालन आउने वाटर मेट्रो पहिलो वाटर मेट्रो हो ।

केरालामा रहेको कोची सहरमा सञ्चालन हुने पानी रेल उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पानी रेलबाट १ लाख भन्दा धेरै मानिसहरु लाभान्वित हुने र आन्तरिक पर्यटकका लागि कोची आकर्षणको केन्द्र बन्ने बताएका छन् ।

जीबिजनेसका अनुसार पानी रेलमा आवतजावत गर्दा यात्रुले न्युनतम २० रुपैयाँ देखि ४० रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । यात्रुहरुले मोबाइल एप मार्फत नै टिकट लिन सक्ने छन् भने साप्ताहिक र मासिक रुपमा समेत टिकट लिई भुक्तानी गर्न सक्नेछन् ।

जर्मन सरकार र भारत सरकारको सहकार्यमा कोचीमा सञ्चालन हुने पानी रेल ८ अर्ब १९ करोड भारुमा निर्माण गरिएको थियो । जर्मन सरकारले ५ अर्ब ७९ करोड भारु बराबरको दीर्घकालीन कर्जा प्रदान गरी उक्त परियोजना फाइनान्स गरेको थियो।

कोची पानी रेलले आसपासका १० टापुहरुलाई जोड्ने छ । जसकारण यातायात, व्यापार सहज हुने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।