सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज वैशाख १३ गते अन्तिम दिन हो । लघुवित्तले वैशाख १४ गते बुक क्लोज गर्ने भएकोले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।

चैत १८ गते बसेको सञ्चालक समितिको २०४ औं बैठकले २०८० बैशाख ३० गते शनिबार धुलिखेल लज रिसोर्टको सभा हलमा सभा बोलाउने निर्णय गरेको हो ।

सभाले संस्थाको पुँजी संरचना परिवर्तन गरि संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण तर्फको सेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनको लागि फरक रकमलाई पुनः सर्वसाधारणमा एफपीओ सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्नुका साथै चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले २०७८्०७९ को वार्षिक प्रतिवेदन, २०७९ आषाढ मसान्तको वासलात, २०७८ श्रावण १ गते देखि २०७९ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।