लोक सेवा आयोगले माग्यो २६९ कर्मचारी (सूचनासहित)


लोक सेवा आयोगले प्राविधिक तहका चौथौ पदका लागि २६९ कर्मचारी माग गरेको छ । आयोगले आज बिहीबार सूचना प्रकाशित गरी उक्त पदका लागी दरखास्त आह्वान गरेको हो ।

आयोगका अनुसार उक्त पदको लागि आज बैशाख १४ गतेदखि जेष्ठ ३ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर जेष्ठ १० गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

दरखास्त दस्तुर ३ सय रुपैयाँ लाग्ने छ । समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन मार्फत दरखास्त दिन सक्ने छन् । उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातलगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा पीडीएफमा अपलोड गर्नु पर्नेछ ।

दरखास्त दिने पुरुष उम्मेद्वार १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेद्वार १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।