नीति तथा कार्यक्रमको लागि धितोपत्र बोर्डले माग्यो सुझाव


नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ ।

बोर्डले नीति तथा कार्यक्रम तयार गर्ने कार्य भैरहेकोले बताउँदै धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह तथा सुझाव आह्वान गरेको हो ।

बोर्डले बैशाख मसान्तसम्म आफ्नो सुझाव [email protected] मा पठाउन आग्रह गरेको हो ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार तथा वस्तु विनिमय बजार नियमनको प्रभावकारी व्यवस्थाका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बजारलाई प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार सम्बन्धी विषयवस्तुहरू समावेश गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम तयार गर्ने बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।