सामुदायिक लघुवित्तले ३२ प्रतिशत बोनश बाँडेर ५० प्रतिशत हकप्रद बेच्ने

0
Shares

साममुदायिक लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न ३२ प्रतिशत बोनश बाडेर ५० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न लघुवित्तले आगामी पुस ११ गते साधारण सभा आह्वान गरेको छ ।

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट प्रस्ताव गरेको ३३.६८ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद प्रस्ताव गरेको छ । त्यसैगरी लघुवित्तले बोनश पश्चात कायम चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी दश करोड रुपैयाँ छ । ३२ प्रतिशत बोनश वितरणपछि १३ करोड २० लाख पुग्नेछ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा कम्पनीको चुक्ता पूँजी करिब २० करोड पुग्नेछ ।

लघुवित्तले साधारण सभा प्रयोजनको लागि मंसिर २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार मंसिर १९ गतेसम्ममा कायम लघुवित्तका शेयरधनीले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन्।