गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा बिहीबार थप दुई कम्पनीहरु गरिमा विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको बोनस सूचीकृत भएको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको गरी कुल ७० लाख ५१ हजार ८११ दशमलव ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गरिमा विकास बैंकले सेयरधनीहरुलाई वितरण गरेको चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने बोनस बापतको ५९ लाख ६८ हजार १३५ दशमलव ५५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनीको चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने १३ लाख ८३ हजार ६७६ कित्ता बोनस पनि आजै सूचीकृत भएको छ ।

यसअघि बिहीबारै नेपाल पुनर्बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त र प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सूचीकृत भएको थियो । बिहीबार मात्रै ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

गरिमा विकास बैंकको २०७९ पुस २२ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभा तथा अरुण भ्यालीको २०७९ माघ २७ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर पारित भएको थियो । बुकक्लोज अनुसार गरिमाको बोनस पुस ७ गतेसम्म र अरुण भ्यालीको माघ १७ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बिहीबार सूचीकृत बोनस सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।