शुक्रबार कुन विदेशी मुद्राको भाउ कति ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै आज युरोको भाउ खरिद दर १४४ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९९ पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २७ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।