कुमारी बैंकको २४ लाख ८५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले २४ लाख ८५ हजार ३३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले बिमला देवी अग्रवालको नाममा रहेको उक्त कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुकले आज बैशाख १५ गतेदेखि ३५ दिनभित्र कुमारी बैंकको प्रधान कार्यालय टंगाल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेता तोकेबमोजिम हुनेछ ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।