सुनको भाउ ५ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा शुक्रबार छापावाला सुनको भाउ ५ सय रुपैयाँले घटेको छ ।

हिजो १ सय रुपैयाँले गिरावट आएर १ लाख ९ हजार ६ सय पुगेको सुन आज पुन: पाँच सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता बिहीबार सुन १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८७ दशमलव ३४ पैसामा कारोबार भइरहेको छ भने चाँदी २५ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।