राष्ट्र बैंकद्वारा कनेक्ट आइपीएस सम्मानित


राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै उक्त योगदानलाई सम्मान गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु संचालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरुलाई सम्मान गरेका हुन् ।

कनेक्ट आइपीएस प्रणालीले नेपालको रिटेल भुक्तानीको क्षेत्रमा खेलेको उल्लेख्य भूमिका र यस मार्फत गर्दै आएको विद्युत्तीय भुक्तानी कारोबारले पारेको प्रभावलाई उच्च मूल्याङ्कन गरी उक्त प्रशंसापत्र प्रदान गरेको हो । कनेक्ट आइपीएस मार्फत आर्थिक वर्ष २०७९\८० को चैत्र मसान्तसम्म २८.४९ खर्ब रुपैयाँको कारोबार फर्छ्यौट गरेको छ ।

उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड ट्रान्सफर, व्यावसायिक भुक्तानीहरु नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरु हुँदै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।