रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सपथ

0
Shares

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा शुक्रबार विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।  यही वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

उपनिर्वाचनबाट चुनिएका लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका हुन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे । उपेन्द्र यादव बारामै रहेकाले आज उनको शपथग्रहण भएन । उनले काठमाडौं आएपछि शपथ लिनेछन् ।

नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएपछि चितवन २ मा उपनिर्वाचन भएको थियो। लामिछाने सोही क्षेत्रबाट फेरि निर्वाचित भएका हुन्।उनी ५४ हजार १ सय ७६ मतसहित विजयी भएका थिए ।

यस्तै उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट ३४ हजार ९१९ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।