विद्युतीय भुक्तानी कारोबारको प्रवर्द्धन गर्न राष्ट्र बैंकको प्रभातफेरी

0
Shares

विद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज काठमाडौंमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रमको शुभारम्भ गरेको हुन् । प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै गभर्नर अधिकारीले विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरेका छन् ।

आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिमा यस वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष’ को रूपमा मनाउने घोषणा गरिएको थियो । सोही अभियानलाई साथ दिन केन्द्रीय बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । सोही अवसरमा शनिबार विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८० आयोजना गरिएको हो ।

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सब्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारी सहित ६०० भन्दा बढीको सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।