एनएमबि लघुवित्तको लाभांश पारित

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार पोखरामा सम्पन भएको लघुवित्तको १० औं बार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँं २० पैसा बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको हो ।

कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको हाल चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँ रहेको छ । सभाबाट पारित भएको १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँं २० पैसा बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार १४८ रुपैयाँ पुग्नेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश गरेको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो । यस्तै साधारण सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको छ ।

साथै सभाले एनएमबि लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

कम्पनी सचिव सुर्य थापाले मर्जर तथा प्राप्ती प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने/गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने  सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।