मुद्दती निक्षेपमा लगानीका लागि बैंक खोज्दै धितोपत्र बोर्ड

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मुद्दती निक्षेप लगानी गर्न बैंकको खोजी गरेको छ । बोर्डमा रहेको अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । 

बोर्डले आइतबार एक सूचना जारी गर्दै बोर्डको लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्दती खातामा लगानी गर्न लागेको जनाएको हो । यद्यपी बोर्डले मुद्दती निक्षेपमा कति रकम लगानी गर्ने हो भने खुलाएको छैन ।

इच्छुक वाणिज्य बैंकहरुले आफूले दिन सक्ने ब्याजदर सहित पाँचदिनभित्र (बैशाख २१ गते आइतबार कार्यालय समयभन्दा एक घण्टा अगाडि) नै आवश्यक कागजात सहित शिलवन्दी प्रस्ताव पेश गर्न सक्ने बोर्डले सूचना जारी गरेको छ ।

बैंकबाट प्राप्त शिलवन्दी सोही दिन अर्थात बैशाख २१ गते आइतबार ५ः१५ बजे बोर्डको कार्यालय खुमलटार ललितपुरमा खोलिने बोर्डले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।