दुई लघुवित्तको आईपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

दुई लघुवित्त कम्पनीको सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ धितोपत्र सूचीकरण विनियमावली बमोजिम दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी आज सूचीकृत भएको हो ।

स्टकका अनुसार दुबै लघुवित्तमा गरिएको संस्थापक र सर्वसाधारणलाई निष्कासन गरेको सेयर प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरमा सूचीकृत भएको हो । आइतबार सूचीकृत भएको दुबै कम्पनीको सेयर मंगलबारदेखि कारोबार खुल्नेछ । सोमबार अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा सार्वजकिन विदा रहेको छ ।

आत्मनिर्भरको आइतबार नेप्सेमा ६ करोड २३ लाख ३८ हजार मूल्यको ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता (३२.६२५%) र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता (६७.३७५%) सेयर सूचीकृत गराएको हो ।नेप्सेले लघुवित्तको सेयर कारोबारका लागि बिपीडब्लू (BPW) कारोबार संकेत प्रदान गरेको छ । 

नेप्सेले आत्मनिर्भर लघुवित्तको धितोपत्र दोस्रो बजारमा अधिकतम १११५ रुपैयाँ ४६ पैसासम्म खुला हुने भएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज दिने गरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा रहेको छ । यस आधारमा नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ३७१ रुपैयाँ ८२ पैसादेखि १ हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

त्यस्तै बिपीडब्लू लघुवित्तको ३ करोड मूल्यको ३ लाख कित्ता सेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको ९७ हजार कित्ता (३२.३३%) र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता (६७.६७%) सेयर सूचीकृत भएको हो ।नेप्सेले लघुवित्तको सेयर कारोबारका लागि एएनएलबि (ANLB) कारोबार संकेत प्रदान गरेको छ । 

नेप्सेले बिपीडब्लको धितोपत्र दोस्रो बजारमा अधिकतम २६० रुपैयाँ ३४ पैसासम्म खुला हुने भएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज दिने गरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ७८ पैसा रहेको छ । यस आधारमा नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।