वर्ल्डलिङ्क र पब्जी मोबाइलबीच नेपालमा ई–स्पोर्ट्स पूर्वाधार बनाउने सम्झौता

0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र विश्वको अग्रणी मोबाइल गेमिङ कम्पनी पब्जी मोबाइल (प्लेयर अननोन्स ब्याटलग्राउन्ड) ले ई–स्पोर्ट्स पूर्वाधार निर्माणका लागि साझेदारी गरेका छन् ।

नेपालमा बढ्दो गेमिङप्रतिको आकर्षणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको वर्ल्डलिङ्कले जनाएको छ । नेपालमा मोबाइल गेमिङलाई प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सम्झौतासँगै नेपालमा गेमिङ क्षेत्रको आवश्यकता सम्बोधन गर्न वर्ल्डलिङ्कले आफ्नो नेटवर्क पूर्वाधार स्थापना गर्ने बताइएको छ । यसमा द्रुत गतिको डाउनलोड र अपलोड स्पिड, कम ल्यान्टेन्सी लगायतका फिचरहरू हुनेछन् । हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले नेपालको गेमिङ क्षेत्रको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्ल्डलिङ्कको विश्वास छ ।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ ।’ कार्यक्रममा वर्ल्डलिङ्कका सीईओ केशब नेपालले भने, ‘सम्झैताले पब्जी गेमरहरूका लागि उत्कृष्ट वर्ल्डलिङ्क इन्टरनेट र फरक अनुभुति दिलाउनेछ।’

यो साझेदारीले नेपालको मोबाइल गेमिङको लागि एउटा अभूतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर रहेको नेपालको भनाई छ । यो वृहत् भविष्यतर्फको पहिलो कदम भएको जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने सीईओ नेपालले बताए ।

साझेदारीको महत्वबारे बताउँदै टेनसेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने,“मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोट्र्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् । पिएमजिसिमा डिआरएस, डेडआई गाइज, स्काई लाइटस् गेमिङ्ग र टि–२ के जस्ता प्रतिभाले पब्जीको लागि ग्लोबल एस्पोट्र्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेका स्पष्ट रूपमा देख्न सकिन्छ । यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । ”

सिआर ७, र फोरके गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु रहेको उनले बताए । आफूहरु मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित रहेकाले वर्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।