ईङवा हाइड्रोपावरको आईपीओ १०.८६ गुणाले ओभरसब्क्राइव

0
Shares

ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ मागभन्दा १०.८६ गुणा बढीले ओरभसब्क्राइव भएको छ ।

बैशाख १३ गतेदेखि आज १७ गतेसम्म सर्वसाधारणमा १२ करोड ६८ लाख ६३ हजार ९०० रुपैयाँको सेयर निष्काशन गरेको १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा १२ लाख ५९ हजार ९०१ आवेदकबाट १ करोड ३७ लाख ८० हजार ८०० कित्ता शेयरको लागि आवेदन परेको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम कम्पनीको सेयर गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले बाँडफाँड हुनेछ । जसमा १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै सेयर पाउनेछन् । भाग्यमानी ९ जनाले ११ कित्ताका दरले सेयर पाउँदा १ लाख २६ हजार ८५४ जनाले १० कित्ताका दरले सेयर हात पार्नछन् । बाँकी ११ लाख ३३ हजार आवेदकको हात भने खाली हुने देखिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।