अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो घट्यो


नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । हिजो एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको अमेरिकी डलरको आज पनि सोही भाउमा कायम भएको हो ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो आइतबार युरोको भाउ खरिद दर १४३ रुपैयाँ ५४ पैसा र बिक्री दर १४४ रुपैयाँ २० पैसा रहेको थियो । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३२ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २५ पैसा र बिक्री दर १६५ रुपैयाँ ०१ पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८३ पैसा र बिक्री दर ३५ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।