अपर सोलुको विद्युत बिक्री आम्दानी बढेपनि घट्यो नाफा

0
Shares

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको विद्युत बिक्री आम्दानी ९१.५२ प्रतिशत बढेपनि खुद नाफा भने ७८.९८ प्रतिशत बढीले घटेको छ ।

अपर सोलुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत् विक्री बापत ५३ करोड ३९ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २७ करोड ८८ लाख १२ हजार आम्दानी गरेको थियो ।

वित्तीय खर्च बढेपछि कम्पनीको नाफा चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६ लाख २२ हजार रुपैयाँले घटेर १ करोड ८ लाख ११ हजार ९४० रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा ५ करोड १४ लाख ३३ हजार ९७३ रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको गत आवमा कम्पनीको वित्तीय खर्च ८ करोड ९१ लाख ४६ हजार रहेकोमा चालू आवमा बढेर ३० करोड ७३ लाख १८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी ८० पैसा र प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ ३० पैसा रहेको छ ।

कम्पनीले निर्माण गरेको सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्बाध रूपमा बिक्री गर्ने वातावरण बनाई कम्पनीलाई आर्थिक रूपले सबल बनाउने वित्तीय विवरण मार्फत उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।