अमेरिकी डलरको भाउ दुई दिनदेखि स्थिर, युरोमा पनि गिरावट कायमै


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलरको भाउ स्थिर छ ।

हिजो एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको अमेरिकी डलरको आज पनि सोही भाउमा कायम भएको हो । आइतबारको तुलनामा सोमबार पनि डलर स्थिर थियो ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ८१ पैसा र बिक्री दर १४४ रुपैयाँ ४७ पैसा रहेको छ । सोमबार युरो आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेका थियो ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६४ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।