भारतबाट घटेर आयो पेट्रोल, डिजेल र एलपी ग्याँसको मूल्य


भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३३ पैसा, डिजेल ४ रुपैयाँ ११ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँस पनि प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँले घटेको छ ।

भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने भाउ घटाउनेबारे  निर्णय गरिसकेको छैन । हरेक १५–१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउने गर्दछ । हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेलको १ सय ६५ रुपैयाँ, हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

निगमले पछिल्लो पटक डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौति गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।