हिमालयन बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


हिमालयन बैंकले ११ लाख ११ हजार ७१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रिमा ल्याएको हो ।

यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ ।

सेयर खरिद गर्न इच्छुकले बैशाख १९ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादि काठमाण्डौं स्थित कानुन तथा सेयर विभागमा सम्पर्क गर्न सक्नेछन् ।

सेयर बिक्री मूल्य बिक्रेताअनुसार फरक रहेकाले मूल्य सम्बन्धी जानकारीको लागी केन्द्रिय कार्यालय कमलादिमा सम्पर्क गर्न भनिएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।