अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने व्यक्ति पक्राउ


अखाद्यय वस्तु मिसावट गरी अबैध रुपमा मह उत्पादन गर्ने व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलीले काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बस्ने ५७ बर्षका पवन सत्याललाई प्रकाउ गरेको हो ।

अखाद्यय मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेखबिखन गरि रहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुमा सूचना अधिकारी सिताराम रिजालले जानकारी दिए । मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित सञ्चालकलाई नियन्त्रणमा लिइएको हो ।

कालोबजरी तथा समाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको सूचना अधिकारी रिजालले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।