सुनको भाउ १ लाख ८ हजार ८ सयमा झर्यो


छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सोमबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको भाउमा २ सय रुपैयाँले गिरावट आएको हो । आइतबारको तुलनामा सोमबार पनि सुनको भाउमा २ सय रुपैयाँले नै गिरावट आएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउमा पनि मंगलबार २ सय रुपैयाँले नै गिरावट आएको छ ।

यता सोमबार स्थिर रहेको सुनको भाउ आज १० रुपैयाँले घटेको छ । १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ८१ दशमलव ८८ पैसामा कारोबार भइरहेको छ भने चाँदी २४ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।