नेप्से घटेपनि ७ उपसूचकमा हरियाली, कारोबारमा छैन उत्साह

0
Shares

मंगलबार सेयर बजार ४.२७ अंकले घटेर १८६६ बिन्दुमा झरेको छ । नेप्से घटेपनि आज कारोबारमा आएका १३ मध्ये बहुमत उपसुचक अर्थात ७ वटामा वृद्धि देखिएको छ । यद्यपी बजारमा देखिएको सुस्तताका कारण कारोबार रकम भने घट्दो देखिएको छ ।

साताको तेस्रो दिन मंगलबार ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर २१ हजार ६४९ वटा संख्यामा खरिद बिक्री भएको हो ।

नेप्से सूचक घटेको बजारमा होटल तथा पर्यटनमुलक, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, विकास बैंक, फाइनान्स, लाइफ इन्स्योरेन्स, र अन्य उपसमुहगथ सूचकमा हरियाली छाएको छ । बाँकी सबै उपसूचक घटेका छन् । ब्यापार सर्वाधिक १.५३ प्रतिशतले घटेको छ ।

सेयर बजार घटेसँगै मंगलवार श्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ४.७० प्रतिशतका दरले गुमाएका छन् । यस्तै मिथिला लघुवित्त ४.५७, नयाँ सारथी लघुवित्त ३.९४, किसान लघुवित्त ३.९२ र सानिमा मिडिल तमोर हाइड्रोपावरको लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाएका छन् ।

आजको बजारमा आजदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.२० प्रतिशतले बढेर ४३६.९० रुपैयाँ पुगेको छ । लघुवित्तको सेयर ४०३ रुपयाँ ८० पैसामा कारोबार खुला भएकोमा ३३.१० रुपैयाँ बढेको हो । यस्तै सनराइज डिबेञ्चरको २०८० को ४.९७, गुँरास लघुवित्तको ४.३५, पिपल्स पावर ३.९८ र सनराइज ब्लूचिप फन्डको इकाईमूल्य ३.७७ प्रतिशतले बढेको छ ।

आजको बजारमा कुल ६९ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा हिमालयन डिष्टिलरीको सर्वाधिक २ करोड ४४ लाख ४९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यस्तै नेपाल टेलिकमको २ करोड २८ लाख ४६ हजार, शिवम् सिमेन्ट्सको २ करोड १५ लाख ४९, तारागाउँ रिजेन्सी होटलको २ करोड ३ लाख ६८ हजार र नबिल बैंकको १ करोड ८० लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबारको कारोबारपश्चात कुल बजार पुँजीकरण २७ खर्ब १९ अर्ब ४७ करोड रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।