एशिया कपको समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न राश्वपाको माग

0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीले एशिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन माग गरेको छ ।

युएईलाई पराजित गर्दै नेपालले मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै राश्वपाले समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थाल्न माग गरेको हो ।

आगामी सेप्टेम्बरमा हुने एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एशिया कपका खेलहरु प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गर्नुपर्ने उक्त पार्टीको धारणा छ ।

नेपाली क्रिकेट टिमले मंगबलार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई ७ विकेटले पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको थियो । जीतसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका पाएको छ ।

खेलाडीहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि बधाई समेत दिएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।