अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बुधबार अमेरिकी डलरको भाउ बढेको छ ।

हिजो एकको खरिद दर १३० रुपैयाँ ६३ पैसा र बिक्री दर १३१ रुपैयाँ २३ पैसा रहेको अमेरिकी डलरको भाउ आज एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा अमेरिकी डलर ९ पैसाले बढेको हो ।

यस्तै आज युरोको भाउ खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४८ पैसा र बिक्री दर ८७ रुपैयाँ ८८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८६ पैसा र बिक्री दर ३५ रुपैयाँ ०९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।