सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले रामेश्वरी श्रेष्ठको नाममा रहेको ८६ हजार कित्ता र देबेन्द्र कुमार श्रेष्ठको नाममा रहेको २० हजार ९१ कित्ता सेयर गरी कुल १ लाख ६ हजार ९१२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइएको छ ।

संस्थापक सेयर खरिद गरी लिने सम्बन्ध तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन नआएमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आह्वान गरिने छ ।

इच्छुक संस्थापक सेयरधनीले आज बैशाख २० गतेदेखि ३५ दिनभित्र वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी –०४, ललितपुरमा सम्पर्क गर्न सक्ने छन् । लघुवित्तले आफुले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।