स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत


स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको १६ लाख ८३ हजार २५५ बोनस सेयर सूचीकृत भएको हो ।

स्वावलम्बन लघुबित्तको चुक्ता पुँजीको १५ प्रतिशत बराबरको बोनस सेयर बुधबार सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रहेको छ ।

लघुबित्तको फाल्गुण १९ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाका लागि फाल्गुण १० गते बुकक्लोज गरिएको थियो । यसअनुसार फाल्गुण ९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र सो बोनस पाउनेछन् । बोनस पाउन योग्य सम्बन्धीत सेयरधनीले उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।