एचआईडिसीएलको सञ्चालकमा शम्भुप्रसाद मरासैनी


हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएलको) को सञ्चालक समितिमा शम्भुप्रसाद मरासैनी नियुक्त भएका छन् ।

उनलाई बैशाख १७ गतेदेखि लागू हुनेगरी मनोनयन गरिएको कम्पनी एचआईडिसीएलका सचिव जीवन कुमार बस्नेतले बताए । यसअघि कम्पनीको सञ्चालक समितिमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव निर्मला अधिकारी भट्टराई रहेकी थिइन् ।

भट्टराईको ठाउँमा मरासैनीलाई नियुक्त गरिएको हो । मरासैनी महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।