बीमा प्राधिकरणद्वारा पाँचथरमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न


नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई समावेश गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेयाङवोले बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरी बीमाको महत्वका बारेमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख कुन्दन सापकोटाले बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिँदै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका कार्यालय नहुँदा कृषिबीमा गर्न नपाएको, बीमा दाबी भुक्तानीमा समस्या रहेको, बीमा कम्पनीहरु गाउँमा नआएको लगायतका धारणा राखेका थिए । कार्यक्रममा याङवरक गाउँपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य तथा कर्मचारीहरु, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, अगुवा कृषकहरु लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।