समृद्धि फाइनान्सद्धारा बुद्ध जयन्तीका अवसरमा खाद्यान्न वितरण


समृद्धि फाइनान्सले बैसाख २२ गते २५६७ औं बुद्ध जयन्तीको अवसरमा बुटबल शाखा कार्यालयबाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न बितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । फाइनान्सले आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।