एनएमबि क्यापिटल नक्सालबाट बालुवाटार सर्यो


एनएबि क्यापिटलको कार्यालय नक्सालस्थित नागपोखरीबाट बालुवाटार स्थानान्तरण भएको छ ।

क्यापिटलका अनुसार बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको दक्षिणतर्फको सडक भित्र क्यापिटलको कार्यालय स्थानान्तरण गरिएको हो ।

अनौपचारिक रुपमा केही दिनदेखि कार्यालय स्थानान्तरण गरिएको भए पनि बैशाख २४ गते सोमबारदेखि औपचारिक रुपमा कार्यालय सारिएको क्यापिटलले जनाएको छ ।

सेवाग्राहीलाई नक्साल नभई बालुवाटारस्थित स्थानान्तरण गरिएको कार्यालयमा आउन क्यापिटलले आग्रह गरेको छ ।

यस अघि क्यापिटलको कार्यालय नक्सालस्थित नागपोखरीसँगै रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।