सनराइज बैंकको १२५ औं शाखा नवलपरासीको परासीमा

0
Shares

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा नवलपरासी स्थित परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।