एनआईबिएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच सम्झौता


एच मेडिकल एण्ड डाएगनोष्टिकका कर्मचारीले कर्पोरेट पे रोल एसआईपीबाट एनआईबीएल सहभागीता फण्डमा लगानी गर्ने भएका छन् । यस सम्बन्धमा एनआईबिएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रालिका बिचमा सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक बिच भएको सम्झौता अनुसार विभिन्न तहका कर्मचारीहरुले आफुले चाहे अनुसार मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली. का तर्फबाट कम्पनिका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।