नेशनल माइक्रोफाइनान्स र छिमेक लघुवित्तको शेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र छिमेक लघुवित्त विकास बैंकको बोनसपछिको शेयर मूल्य समायोजन भएको हो ।

७५ प्रतिशत बोनस शेयर पश्चाात नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता एक हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ५ प्रतिशत नगद लाभांश गरि कूल ८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सो लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

त्यसैगरी, छिमेक लघुवित्तको २७.११ प्रतिशत बोनस पश्चातको शेयर मूल्य प्रतिकित्ता ७७३ रुपैयाँ २९ पैसा कायम भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर ३० गते आयोजना हुने लघुवित्तको वार्षिक साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ।