प्रभु बैंकले ल्यायो लगानीको अवसर, साढे १९ लाख संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले १९ लाख ६९ हजार ८०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले छुट्टाछुट्टै सूचना जारी गरेर संस्थापक सेयरधनी र सर्वसाधारणलाई सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको ४ लाख ९१ हजार ९८७ कित्ता संस्थापक सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् भने १४ लाख ८७ हजार ८२२ कित्ता संस्थापक सेयरमा सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।

बैंकले ४ लाख ९१ हजार ९८७ कित्ता संस्थापक सेयर बिक्रीको लागि यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको थियो । उक्त सेयर संस्थापक सेयरधनीमा बिक्री नभएको भन्दै बैंकले अन्य व्यक्ति संस्था वा कम्पनीलाई सेयर जारी गरेको हो ।  सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज बैशाख २७ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । बैंकले पाँचजना सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

यस्तै बैंकले १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । उक्त कित्ता सेयर बैंकले संस्थापक सेयरधनीको लागी छुट्टाएको हो । संस्थापक सेयरभनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने बैंकले अन्य कम्पनी संस्था वा व्यक्तिलाई सेयर विक्री गर्ने छ 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बैशाख २७ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । बैंकले १५ जना संस्थापक सेयरधनीको नाममा रहेको उक्त कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।