गरिमा विकास बैंकको साढे ८ लाख संस्थापक सेयर बिक्रीमा


गरिमा विकास बैंकले संस्थापक समूहको ८ लाख ४९ हजार १ सय ९६ कित्ता सेयर बिक्री खुल्ला गरेको छ ।

बैंकले पहिलो चरणमा विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको थियो । उक्त सेयर संस्थापक सेयरधनीमा बिक्री नभएको भन्दै बैंकले अन्य व्यक्ति संस्था वा कम्पनीलाई सेयर बिक्री गर्ने जनाएको हो ।

इच्छुक आवेदकले आज बैशाख २७ गतदेखि १५ दिनभित्र विकास बैंकको प्रधान कार्यालय लाजिक्पाट काठमाण्डौंमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आफूले किन्न चाहेको कित्ता स्वष्ट उल्लेख गरी निवेदन दिनुपर्ने छ ।

सेयरधनीहरुले सेयर बेच्ने व्यवस्था मिलाउन निवेदन दिएसँगै विकास बैंक सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले उक्त सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।