विश्लेषकहरुले लगानी गर्ने उपयुक्त समय बताइरहदा पनि किन तर्सित छन लगानीकर्ता ?

0
Shares

साताको पहिलो कारोबार दिन स्थीर जस्तै रहेको नेप्से द्रोसो दिन सोमबार करिब एक अंकले ओरालो लागेको छ । यस दिन नेप्से ०.८६ अंकले घटेर एक हजार १११.९९ विन्दुमा झरेको छ।

नेप्से यस दिन झिनो अंकले घट्दा कारोबार रकम भने साढे २३ करोड २२ लाखमा सीमित भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ करोड बढी हो। सोमबार १६४ कम्पनीको ८ लाख २६ हजार कित्ता शेयर २३ करोड २२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

शेयर बजारका केहि विश्लेषकहरुले यतिबेला शेयरबजारमा प्रवेश गर्ने अनुकुल समय भएको बताइरहदा शेयर लगानीकर्ताहरु भने ‘पर्ख र हेर’ को कै अवस्थामा देखिएका छन्। बजारमा माग सृजना हुने कुनै क्रियाकलाप नहुँदा बजारको चमक फर्कन सकेको छैन् ।

अर्थमन्त्री तथा गभर्नर लगायतले विभिन्न फोरमहरुमा अर्थतन्त्र सुधारउन्मुख रहेको बताउँदै आएपनि शेयर बजारका लगानीकर्ता विस्वस्थ हुन सकेका छैनन् र पुँजी बजारमा नीतिगत, प्रविधिगत हिसाबले पनि सुधारका काम अघि बढिरहेका छन् । यति हुँदाहुँदै पनि बजारले गति लिन नसक्नुमा लगानीकर्ताको कमजोर मनोबललाई नै प्रमुख कारक मानिएको छ ।

बजार सुधारका प्रयासहरु र भइरहेका कामहरुको बारे जानकारी गराएर धितोपत्र बोर्डले लगानीकर्ताको मनोबल फर्काउने केशिस गरेपनि अर्थमन्त्रीको हौवा देखाएर लगानीकर्ता तर्साउने हर्कतहरु भइरहदा पनि लगानीकर्ताहरु बजारप्रति आशावादी देखिएका छैनन्।

१२ वटा समूहको कारोबामा भएको बजारमा बैंकिङ १.१३, टे«डिङ १३.९९, जलविद्युत समूहको उपसूचक २.१८, अंकले बढ्दा डेभलपमेन्ट बैंक ३.८३, निर्जीबन बीमा कम्पनी ३.७, जीवन बीमा कम्पनीको उपसूचक ६४.०१ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । बैंकको १ करोड ९३ लाख ९६ हजार ४२५ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन, पाँचथर पावर कम्पनीको शेयर मूल्य बढ्दा अरुण कावेली पावर कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, आईएमई जनरल इन्स्योरेन्स लगायतको घटेको छ ।