बिरगञ्जमा एनआईबिएल एस क्यापिटलको रोड टू आईपिओ कार्यशाला


एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा मे ८, २०२३ सोमबार बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा रोड टु आईपीओ कार्यशाला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रायोजकको रुपमा रहेको डाएनामिक टेक्नोसफ्ट प्रा. ली.ले आफ्नो ब्यानर प्रदर्शनी गरेको थियो । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सलेबिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिब पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । कार्यक्रमको सफल कार्यान्वयनको लागि चार्टर्ड एकाउण्टेण्ट सुभास खण्डेलवाल र प्रदिप कुशवाहाले सक्रिय भुमिका निर्वाह गरेका थिए ।

उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।