आइतबार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा, युरो कति ?


नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै आज आइतबार युरोको भाउ खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ । अष्ट्रेलियन डलर आज एकको खरिद दर ८७ रुपैयाँ ७३ पैसा र बिक्री दर ८८ रुपैयाँ १३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।