आइतबार सुन चाँदीको भाउ स्थिर


नेपाली बजारमा आइतबार छापावाला सुन र चाँदीको भाउ परिवर्तन भएको छैन । गत शुक्रबार छापावाला सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँ तोकिएको थियो । आज पनि सुनको भाउ सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै शुक्रबार प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ तोकिएको तेजाबी सुन आज पनि सोही भाउमा नै कायम छ । यता शुक्रबार चाँदीको भाउ पनि स्थिर रहेको छ । शुक्रबार चाँदी १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको चाँदी आज पनि सोही भाउमा कायम छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार ११ दशमलव ०५ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।