नागरिक लगानी कोषको बोनस सेयर घोषणा


नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

कोषको बैशाख २९ गते बसेको सञ्चालक समिति बैठकले सेयर धनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत गरी कूल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृत लिएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने कोषले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।