अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो घट्यो


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । अमेरिकी डलर हिजो पनि सोही भाउमा कारोबार भएको थियो ।

यस्तै आज सोमबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । आइतबार युरो खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर आज एकको खरिद दर ८७ रुपैयाँ १९ पैसा र बिक्री दर ८७ रुपैयाँ ५९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।