कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न, ४.६ प्रतिशत लाभांश पारित


कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी सेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीको उपस्थिति रहेको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७८\०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७९\०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८\०७९ को वासलात, नाफा\नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९\८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

सभामा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराव कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।