बुधबार शेयर कारोबार नहुने, नेप्से बन्द रहने

0
Shares

बुधबार नेपाल स्टक एक्सचेञ्च नेप्से बन्द रहने भएपछि शेयर किनबेच नहुने भएको छ ।

हरेक बर्ष मे महिनाको १ तारिखको दिन मनाइने अन्तर्राष्ट्रिय मजुदर दिवसको लागि सरकारले बुधबार देशभर सार्बजनिक विदा दिएको छ ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गर्दे मे १ मनाउने गरेका छन ।