सुनको भाउमा वृद्धि, चाँदी स्थिर


जेठ महिनाको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा वृद्धि भएको छ । आइतबारको तुलनामा सुनको भाउमा २ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको भाउमा आज छापावाला सुनको भाउ २ सय रुपैयाँले वृद्धि भएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै आइतबार प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ तोकिएको तेजाबी सुनको भाउ आज १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको छ ।
यता सोमबार चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको चाँदी आज पनि सोही भाउमा कायम छ । आइतबार पनि चाँदीको भाउ स्थिर रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २ हजार १७ दशमलव ७५ पैसामा कारोबार भइरहेको छ भने चाँदी २४ रुपैयाँ ०८ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।