मंगलबार सबैजसो विदेशी मुद्राको भाउ बढ्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

हिजो एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको अमेरिकी डलरको भाउ आज एकको खरिद दर १३१ रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै आज मंगलबार युरोको भाउ खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ । सोमबार युरो खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५५ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर आज एकको खरिद दर ८७ रुपैयाँ ८६ पैसा र बिक्री दर ८८ रुपैयाँ २६ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । हिजो अष्ट्रेलियन डलर आज एकको खरिद दर ८७ रुपैयाँ १९ पैसा र बिक्री दर ८७ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

यता हिजो एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसामा कारोबार भएको बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ २९ पैसा र बिक्री दर १६५ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९९ पैसा र बिक्री दर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । हिजो कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।