डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्दा किन घटेन पेट्रोलको भाउ ?


नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।

भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो । मूल्य घटाउँदा तस्करी हुने सम्भावना देखिएकोले पेट्रोल यथावत राखिएको निगमले जनाएको छ ।

यस्तै निगमले पेट्रोलसहित हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत नै राखेको छ । साथै इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको निगमको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।