प्राइम कमर्सियल बैंकले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने


प्राइम कमर्सियल बैंकले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५१ हजार ८१७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संस्था वा कम्पनीले बैंकको सेयरमा आज जेठ ३ गतेदेखि जेठ १७ गते ३ बजेभित्र बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

आवेदकले न्युनतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने बढीमा पुरै कित्ता अर्थात ३ लाख ५१ हजार ८१७ कित्तासम्मको लागी आवेदन दिन सक्नेछन् ।

 सेयर न्युनतम मूल्य १३० रुपैयाँ तोकिएको छ । बैंकले सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिन आग्रह गरेको छ । आवदकले आयस्रोत खुल्ने कागतजातका साथै स्थायी लेखानम्बर, आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र , प्रहरी प्रतिवेदनको प्रतिलिपि, शैक्षिक प्रमाण्पत्रको प्रतिलिपि पेश गर्नु पर्ने हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।